कांग्रेस नेता जोशीको अवस्था गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै

काठमाडौं, फागुन १४ । कांग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको स्वास्थ्य गम्भीर बन्दै गएको छ। उनको अहिले नर्भिक अस्पतालमा उपचार भइरहेको छ।

जोशीलाई बिहीबार राति स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल पुर्‍याइएको थियो। उनलाई मस्तिष्कघात भएको छ। हाल उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पताल प्रशासनले जनाएको छ।

अस्पतालका उपनिर्देशक डा‌‌ विप्लब सापकोटाका अनुसार जोशीको अवस्था अत्यन्तै नाजुक छ। ‘उहाँलाई मस्तिष्कघात भएको हो। मस्तिष्कमा भएको रगत झिकेका छौं,’ सापकोटाले भने, ‘रगत पास भइरहेको छ। भेन्टिलेटरमा उपचार भइरहेको छ।’

मस्तिष्कघात भएको ४८ घन्टासम्म बिरामीको होस फर्किने आसा हुने उनले बताए। उनको उपचार न्यूरो विशेषज्ञ डा। राजीव झाको टिमले गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्