वामदेवको सक्रियता बढ्यो : प्रधानमन्त्री ओलीसँग भेटवार्ता

काठमाडौँ , फागुन १४ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् ।

शुक्रबार अपराहन्न प्रधानमन्त्री ओलीलाई भेट्न नेता गौतम बालुवाटार पुगेका थिए । भेटवार्तामा नेता गौतमले पार्टी एकताको आफ्नो अभियान अन्तर्गत सर्वोच्चको फैसलापछि पार्टी एकतालाई बचाएर अगाडी बढ्न प्रस्ताव गरेको बताइएको छ ।

यता गौतमको प्रस्तावमा ठोस छलफल भने नभएको वालुवाटार स्रोतले बताइएको छ । प्रधानमन्त्री ओलीले गौतमको प्रस्तावका बारेमा केहि जवाफ नदिइएको बुझीएको छ ।

यसैबीच नेता गौतमले हिजो मात्रै अध्यक्ष प्रचण्डसँग पनि भेटवार्ता गरेका थिए । उनले पछिल्लो समय राजनितिक भेटवार्तालाई तिब्र बनाएका छन् ।

पुष ५ गतेको प्रधानमन्त्री ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदम पछि राजनीतिक रुपमा नेकपा विभाजित भएपनि गौतमले भने पार्टी एकता अभियान चलाउने घोषणा गरेका थिए ।

सर्वोच्चको फैसलापछि प्रधानमन्त्रीको राजीनामा मागेका गौतमले विहिबार मात्र प्रचण्डलाई भेटेका हुन् । प्रचण्डलाई भेटेर ओलीलाई ससम्मान बिदा गर्ने वातावरण बनाउन उनले आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्