थप ११२ जनामा कोरोना संक्रमण पुष्टि, ४ जनाको मृत्यु , ५४ जना निको भए

काठमाडौँ , फागुन १४ । नेपाालमा शुक्रबार थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्यासँगै नेपालमा २ लाख ७३ हजार ९८४ जना सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै थप ४ जनाको कोभिडका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हालसम्म २७ सय ७१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

त्यसैगरी थप ५४ जना संक्रमित कोभिडमुक्त हुँदा नेपालमा २ लाख ७० हजार २७७ जनाले कोभिड जितेका छन् । नेपालमा हाल ९३६ जना आइशोलेशनमा र ७१ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २१ लाख ५७ हजार ५८० वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्