सुनचाँदीको मुल्यमा गिरावट, आज तोलाको कति पुग्यो ?

काठमाडौँ , फागुन १६ । नेपाली बजारमा आज र सुनचाँदीको मुल्यमा गिरावट आएको छ ।
आज छापावाला सुनको मुल्य तोलामा ५ सयले घटेर ८८ हजार ३ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाको छ ।

यसअघि शुक्रबार छापावाला सुन तोलाको ८८ हजार ८ सयमा कारोबार भएको थियो ।त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ८७ हजार ८५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला १३ सय २५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्