ठग्यो जिन्दगीले मार्माीक लोकगीत युटुव ट्रेडिङको २ नम्बरमा, हेर्दा र सुन्दा कसको मन पो नरोला र (भिडियोसहति)

पार्वती पाठक, काठमाडौं, फागुन १६ । पछिल्लो समय एकपछि अर्को गर्दै नयाँ नयाँ गीत बजारमा आइरहेका छन् । गीत आउने क्रममै एउटा यस्तो गीत बजारमा आएको छ । जुन गीत सुन्दा आँखा नरसाउने सायद कमै होलान । त्यो गीत हो ठग्यो जिन्दगीले , निकै मार्मीक र वास्तविक जिवनमा आधारित रहेको यो गीत हिजो मात्रै बजारमा आएको हो ।

अहिले गीत युटुव ट्रेडिङको २ नम्बरमा आईपुगेको छ । निकै छोटो समयमा गीतले निकै माया र राम्रो प्रतिक्रिया पाएको छ । गीतमा एउटा श्रीमान र श्रीमतीबीचको माया , साथ र सपोटको बारेमा दर्साएको छ । पछिल्लो समय बिरामीले थलापरेकी बिनोद खड्काकी श्रमती अनिता खड्काको बास्तबिक जीवनमा घटेको घट्ना लाई समेटेर गीत तयार पारिएको छ ।

साच्चिकै माहान श्रीमान बिनोद खड्काले आफ्नी श्रीमती अनिता खड्कालाई निकै माया दर्साएका छन् । उनले यसरी बिरामी परेर थलापरेकी श्रीमतीको निकै स्याहार सुसार लगाएत अन्यमा कुनै कमी गरेका छैनन् । उनले मात्रै होइन उनको घरपरिवारले पनि उनीप्रति निकै माया र ममता दर्साएका छन् ।

यसरी उनले श्रीमती अस्पतालको बेडमा पुग्दा र उपचार गरिरहदा भोगेका भएका पिडालाई गीत मार्फत पोखेका छन् । जिन्दगीले कहाँबाट कहाँ पुगाउँछ थाहा हुँदैन, कति बेला ठग्छ थाहा हुँदैन । यसरी जिन्दगीले ठग्दा मान्छे थाक्छ र भन्न मन लाग्छ ठग्यो जिन्दगीले । सुन्दा र हेर्दा निकै मार्मीक गीत , अनि शब्द पनि उतीकै मार्मीक र सान्र्दर्भीक छन् ।

गीतमा निकै सुमधुर आवाजका धनी गायिका सुनिता बुढा क्षेत्री र गायक रेशम निर्दोषको रहेको छ ।जस्तो भिडियो त्यस्तै अडियो पनि उत्कृष्ट बनेर बजारमा आएको छ । यसले पनि अहिले स्रोता दर्शकले निकै मनपराएका छन् ।

प्रतिक्रिया दिनुहोस्