प्रिमियर लिगमा लिभरपुलको सहज जित

काठमाडौं , फागुन १७ । साविक विजेता लिभरपुलले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले सेफिल्ड युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

सेफिल्डको मैदानमा लिभरपुलका लागि कुर्टिस जोन्सले एक गोल गरे । सेफिल्डका किन ब्रायनले एक आत्मघाती गोल गरे ।

खेलको ४८ औं मिनेटमा जोन्सले गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।६५ औं मिनेटमा ब्रायनले आत्मघाती गोल गर्दा लिभरपुलले २–० को जित निकाल्न सफल भयो ।

जितसँगै लिभरपुल छैटौं स्थानमा उक्लिएको छ । लिभरपुलको २६ खेलमा ४३ अंक छ । पराजित सेफिल्ड ११ अंक जोडेर पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्