आज पनि बढ्यो सुनचाँदीको मुल्य , कति पुग्यो तोलाको ?

काठमाडौँ फागुन १७ । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा ४ सयले बढेर ८८ हजार ७ सयमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार छापावाला सुन तोलाको ८८ हजार ३ सयमा कारोबार भएको थियो ।त्यस्तै सोमबार तेजावी सुनको मुल्य प्रतितोला ८८ हजार २५० रहेको छ ।

त्यसैगरी आज चाँदी भने तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय ३० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्