माल्दिभ्समा प्रियंका- आयुष्मानको यस्तो रोमान्टिक अवतार !

काठमाडौं, फागुन १७ । अहिले नेपाली अभिनेत्री प्रियंका कार्की माल्दिभ्स पुगेकी छन् । कार्की छुट्टी मनाउन भन्दा पनि ‘जन्मदिन’ र ‘म्यारिज एनिभर्सरी’ मनाउन त्यहाँ पुगेकी हुन् ।

गत शनिबार उनको जन्मदिन परेको थियो भने फागुन महिनामै उनको म्यारिज एनिभर्सरी’ समेत परेको छ । पति आयुष्मान देशराज जोशीसँग माल्दिभ्स पुगेकी उनले त्यहाँका तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेकी छन् । तस्बिरमा प्रियंका र आयुष्मानको रोमान्स, जन्मदिन सेलिब्रेसन लगायत देख्न सकिन्छ ।

गत वर्षको फागुनमा विवाह गरेका प्रियंका र आयुष्मान कोरोना महामारीका कारण हनिमुनका लागि समेत निस्कन पाएका थिएनन् । यसकारण पनि होला सायद उनीहरुले अहिले माल्दिभ्समा खुलेरै रोमान्स गरेको तस्बिरमा देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा समेत निकै फ्यान पाएकी उनले सार्वजनिक गरेको माल्दिभ्सका तस्बिरले अहिले राम्रै चर्चा पाइरहेको छ । केही अगाडिसम्म नेपाली फिल्मकी नम्बर वान अभिनेत्री बन्न सफल प्रियंका म्युजिक भिडियोमा समेत फाट्टफुट्ट देखिने गर्छिन् ।

 

 

प्रतिक्रिया दिनुहोस्