मेयर कपका लागि काठमाडौं महानगरले गर्यो टिमको घोषणा

काठमाडौं, फागुन १७ । मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगिताका हुने भएको छ । प्रतियोगिता कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदान र मुलपानी क्रिकेट रंगशालामा फागुन २२ गतेदेखि हुनेछ।यसका लागि आज काठमाडौं महानगरपालिकाले आफ्नो टिम घोषणा गरेको छ।

यस अन्र्तगत आज महानगरपालिकाले बागमती प्रदेशबाहेकका बाँकी छ वटा प्रदेशबाट खेलाडी छनोट गरेको हो। ‘काठमाडौं मेयर-११’ नाम दिएको टिममा १५ खेलाडी समावेश गरिएको छ ।

जसमा सिद्धान्त लोहनी, हरिशङ्‍कर शाह, विवेक यादव, विपिन खत्री, अर्जुन कुमाल, कृष्णा कार्की, सौरभ खनाल, अनिल खरेल, विक्रम भुसाल, सन्दीप रजाली, अनुज चुनरा, विपिन रावल, रविन्द्रजंग शाही, खडगबहादुर बोहरा र नारायण जोशी छन्।

प्रतियोगितामा काठमाडौं महानगरपालिकासहित त्रिभुवन आर्मी, सशस्त्र प्रहरी बल (एपीएफ), नेपाल पुलिस र बागमती प्रदेश गरी पाँच टोलीले प्रतिस्पर्धा गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्