मेयर कपको उद्घाटन खेलमा आर्मी र एपीएफबीच प्रतिस्पर्धा हुने

काठमाडौं , फागुन १८ । काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको पहिलो खेलमा दुई खेल हुने भएका छन् । जस अनुसार दुई विभागीय टोली लामा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।

नेपाल क्रिकेट संघ ९क्यान०ले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार पहिलो खेल त्रिवि क्रिकेट मैदानमा हुने भएको हो । फागुन २२ गते हुने उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ । पहिलो दिनको अर्को खेलमा नेपाल पुलिस क्लब र वाग्मती प्रदेशबीच खेल हुनेछ ।

दुई टोलीबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ । फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र वाग्मती प्रदेशको सहभागिता रहेको छ ।काठमाडौं मेयर–११ ले पनि प्रतिस्पर्धा गर्ने छ ।

राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिका लागि खेल्ने छन् । खेलका लागि सम्पुर्ण तयारी पुरा भइसकेको बताएको छ ।

प्रतिक्रिया दिनुहोस्