प्रधानमन्त्रीले भने- सक्ने भए हटाउ, अर्को चुनावमा दुई तिहाइसहित सिंहदरबार फर्किन्छु

काठमाडौं, फागुन ,१८ । प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय देश दौडाहमा निस्कीने क्रम बढेको छ ।ओली अहिले विभिन्न ठाउँमा निमार्ण भइरहेका विकासका कार्यको उद्घाटन गर्न जिल्लामा पुगेका हुन् ।

आज मात्रै गृह नगर झापा पुगेका प्रधानमन्त्री ओलीले आफूलाई फेरि पनि कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याएर सिंहदरबार फर्किने दावी गरेका छन् ।

आज झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पताल उद्घाटन गर्दै उनले यस्तो दाबि गरेका हुन् ।
भने, ‘अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस्, डेढ दुई वर्षपछि चुनाव आउँछ । दुई तिहाइका साथ सिंहदरबारमा फर्किन्छु ।’

यता उनले अहिले पनि आफूलाई हटाउन सजिलो नभएको बताए । उनले आफूले फागुन २३ गते संसद अधिवेशन बोलाएको भन्दै सर्वोच्च अदालतको फैसलाको अब परीक्षण हुने बताए । ‘फागुन २३ गते अधिवेशन बोलाइएको छ । राम्ररी चलाएर अघि बढाउने प्रयास मेरो हुन्छ ।

नकारात्मक भूमिका कहिले पनि हुँदैन’ उनले भने । यता नेकपाको अर्को समुहले ओलीलाई प्रधानमन्त्री पदबाट हटाउने बताउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्