म्यान्मारमा सेनाको गोली लागेर ६ जनाको मृत्यु , १० घाइते

काठमाडौं, फागुन १९ । म्यान्मारमा सेनाको गोली लागेर ६ जनाको मृत्यु भएको छ । प्रजातन्त्रका पक्षमा सहभागी प्रदर्शनकारीमाथि सुरक्षा फौजले गरेको कारबाहीमा ६जनाले ज्यान गुमाएका हुन् ।

सेनाले सत्ता कब्जा गरी नेतृ आङ सान सुकीलाई नजरबन्द गरेपछि फेब्रुअरी १ यता म्यान्मारमा प्रदर्शन भइरहेको छ ।योसँगै म्यानमारमा दश वर्षसम्मको लोकतन्त्रको अनुभवपछि सेनाले पुनः सत्ता कब्जा गरेको हो । सेनाले सत्तत्र कब्जा गरेसँगै यहाँ निकै चर्को प्रर्दशन चर्किएको छ ।

अस्पताल स्रोतका अनुसार मध्य म्यानमारको शहरमा चार व्यक्तिको गोली लागेर मृत्यु भएको छ । देशको दोस्रो ठूलो शहर मन्डालेमा पनि दुई व्यक्तिको गोली लागेर मृत्यु भएको अस्पताल स्रोतले एएफपीलाई बताएको छ ।

उक्त घटनामा कम्तीमा १० जना घाइते भएका छन् ।म्यानमारको सबैभन्दा ठूलो शहर याङ्गुनमा बुधबार पनि प्रदर्शनहरु जारी छन् । सैनिकले सत्ता कब्जा गरेपछि आइतबार सबैभन्दा रक्तपातपूर्ण रहेको थियो । राष्ट्रसंघका अनुसार देशका विभिन्न भागमा आइतबार एकै दिन कम्तीमा १८ जनाको मृत्यु भएको छ ।

देशका विभिन्न भागमा सुरक्षा फौजले पत्रकारहरू र नागरिक समाजका व्यक्तिहरुलाई पनि धरपकड गरेको छ । म्यान्मारमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढ्दो छ र बेलायतले शुक्रबारको बैठकमा राष्ट्रसंघ सुरक्षा परिषदको बैठक पनि डाकेको छ । पश्चिमा मुलुकहरुले म्यानमारका सैनिक नेतृत्वमाथि प्रतिबन्धहरु घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्