अब मोवाईल तथा इन्टरनेट बैंकिङमार्फत २० लाखसम्म ट्रान्सफर गर्न सकिने

काठमाडौ , फागुन १९ । अब मोवाईल तथा इन्टरनेट बैंकिङमार्फत २० लाख रुपैयाँसम्म फण्ड ट्रान्सफर गर्न सकिने भएको छ । यसका लागि नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था ल्याएको छ ।

नेपाल राष्ट्र बैंकले आज बुधबार अनुमतीप्राप्त भुक्तानी सम्वन्धी कार्य गर्ने संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे प्रतिदिन कारोवार सिमा दुई देखि २० लाख रुपैयाँसम्म तोकेको हो ।

राष्ट्र बैंकका अनुसार २०७७ भदौ ११ गते जारी गरिएको भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशन २०७७ लाई संसोधन गर्दे नयाँ व्यवस्था कार्यान्वयनमा ल्याईएको हो ।

यो परिपत्र अनुसार मोबाईल तथा इन्टरनेटद्धारा गरिने कारोवारको अधिकतम सिमा मोबाईल बैंकिङतर्फ प्रतिदिन दुई लाख, इन्टरनेट बैैंकिङ (मर्चेन्ट पेमेन्ट) तर्फ प्रतिदिन २० लाख र इन्टरनेट बैंकिङ अन्र्तगत अकाउन्ट ट्रान्सफरतर्फ प्रतिदिन २० लाख रुपैयाँसम्मको अधिकतम सिमा निर्धारण गरिएको छ ।

कुनै व्यक्तिको नाममा बैंक तथा बित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न, नेपाल सरकारको सम्वन्धीत कार्यालयहरुमा भुक्तानी गर्नुपर्ने कर, राजश्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन तथा सेवा शुल्क जस्ता बिविध शुल्क भुक्तानी, बिद्युत सेवा, दुरसञ्चार सेवा, खानेपानी सेवा, बिमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी, शिक्षणा संस्था (बिद्यालय, कलेज, हष्पिटल, नर्शिङ होम, डाईगोनोस्टीक सेन्टर), हवाई सेवा, यातायात सेवा र होटल तथा रेष्टुरेन्ट सेवा कारोवारको भुक्तानी गर्नुपर्ने बिल बराबरको रकमको भुक्तानी गर्न कार्य लगायतमा भने यो व्यवस्थाले बाधा नर्पाने परिपत्रमा उल्लेख छ । अब भने यो व्यवस्थाले सेवाग्राहीलाई सहज र छिटो छरितो हुो भएको छ ।

प्रतिक्रिया दिनुहोस्