नेप्से २५ सय छ अंकमा, सातामा ३२ अर्ब ४८ करोडको सेयर किनबेच

काठमाडौ , फागुन २१ । यो साता नेप्से २५ सय छ दसमलव ६८ अंकमा पुगेको छ ।सेन्सिटिभ इन्डेक्स पनि चार सय ५१ दसमलव ४६ अंकमा पुगेको छ ।

नेप्सेमा यो साता दुई सय १२ वटा कम्पनीहरुको तीन लाख ६० हजार एक सय २५ पटकको कारोवारमा छ करोड ८९ लाख ७७ हजार चार सय ४६ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३२ अर्ब ४८ करोड एक लाख ५९ हजार ७३ रुपैयाँ पुगेको छ । यो कारोवार रकम गत साताको तुलनामा कम हो ।

गत साता भने नेप्सेमा दुई सय सात वटा कम्पनीहरुको चार लाख १८ हजार छ सय ५५ पटकको कारोवारमा नौ करोड ६२ लाख १७ हजार ७३ कित्ता सेयर खरिद बिक्री हुदा कारोवार रकम ३८ अर्ब ६० करोड २५ लाख १४ हजार नौ सय १७ रुपैयाँ पुगेको थियो । यो साता नेप्से पाँच दिन नै खुल्ला रहेकोमा दोस्रो र पाँचौं दिन नेप्से बढेको थियो भने पहिलो, तेसे, र चौथो दिन नेप्से घटेको थियो ।

सो मध्ये पहिलो दिन नेप्से ७९ दसमलव ७४ अंकले घटेर २४ सय ७४ दसमलव ३९ अंकमा पुगेकोमा सेन्सिटिभ पनि १४ दसमलव ५३ अंकले घटेर चार सय ४७ दसमलव २९ अंकमा पुगेको थियो । दोस्रो दिन भने नेप्से ४० दसमलव ६४ अंकले बढेर दुई हजार पाँच सय १५ दसमलव तीन अंकमा पुगेकोमा सेन्सिटिभ पनि छ दसमलव ४७ अंकले बढेर चार सय ५३ दसमलव ७५ अंकमा पुगेको थियो ।

तेस्रो दिन भने नेप्से पुुन ५९ दसमलव सात अंकले घटेर दुई हजार चार सय ५५ दसमलव ३३ अंकमा पुगेकोमा सेन्सिटिभ पनि नौ दसमलव आठ अंकले घटेर चार सय ४३ दसमलव ९५ अंकमा झरेको थियो । चौथो दिन पनि नेप्से ३९ दसमलव २३ अंकले घटेर दुई हजार चार सय १६ अंकमा पुगेकोमा सेन्सिटिभ पनि सात दसमलव १२ अंकले घटेर चार सय ३६ दसमलव ८० अंकमा झरेको थियो ।

अन्तिम कारोवार दिन भने नेप्से ९० दसमलव ६७ अंकले बढेर २५ सय छ दसमलव ६८ अंकमा चढेकोमा सेन्सिटिभ पनि १४ दसमलव ६७ अंकले बढेर चार सय ५१ दसमलव ४६ अंकमा पुगेको थियो ।

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल टेलिकम, प्रभु बैंक नेपाल बैंक आदि परेकाछन भने सेयर कारोवार भएको संख्याको आधारमा पनि नेपाल इन्फ्रास्ट्रक्चर बैंक, नेपाल बैंक, प्रभु बैक आदि परेकाछन । बजार पुंजीकरणको आधारमा भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन ।

सेयर सुचीकरणतर्फ भने यो साता प्रभु बैंक, नेपाल एसबिआई बैंक, तिनाउ मिसन डेभलपमेन्ट बैंक, मञ्जुश्री फाईनान्स आदिको बोनस सेयर नेप्सेमा नियमित कारोवारका लागि सुचीकृत भएकाछन् ।

प्रतिक्रिया दिनुहोस्