“देशमा फेरि द्वन्द्व हुन्छ कि भन्ने लागेको थियो”, अब त्यसको अन्त्य भयो ”

काठमाडौं, फागुन २१ । सरकार र नेत्रविक्रम चन्द समूहबीच तीनबुँदे सहमति भएपछि यति बेला त्रसित भएका स्थानीयहरु खुशि भएका छन् । विप्लवले आगजानी , तोडफोड लगाएतका अराजक गतिविधिले देशमा केहि अशान्तिको महसुस गरिएको थियो तर अब भने वार्तामा आएपछि स्थानीयमा त्यो त्रास हटेको छ ।

यता विगतमा माओवादीले सञ्चालन गरेको जनयुद्धका कारण प्रभावित भएको कालीकोटवासी भने सरकार र नेत्रविक्रम चन्द समूहबीच भएको तीनबुँदे सहमतिका कारणले उत्साहित भएका छन् ।
माओवादीले सञ्चालन गरेको १० वर्षे द्वन्द्वका क्रममा ६०० भन्दा बढीले ज्यान गुमाएको कालीकोटले चन्द समूहले हिंसात्मक गतिविधि सञ्चालन गर्न थालेपछि कालीकोटवासी त्रसित बनेका थिए ।

चन्द समूहका प्रवक्ता तथा वार्ता टोलीका संयोजक खड्कबहादुर विश्वकर्माको गृहजिल्ला र चन्द समूहको प्रभाव क्षेत्र भएको कालीकोटमा कतै पुनःद्वन्द्व हुने हो कि भन्ने चिन्तामा कालीकोटवासी रहेका थिए । तर अब यो चिन्ताबाट उनीहरुले मुक्ति पाएका छन् ।

चन्द समूह र सरकारबीच भएको सहमतिले देशमा शान्ति र स्थायित्व हुने अपेक्षा लिएको छ । साथै देश विकासमा लाग्न सबैलाई बाटो खुला भएको कालीकोट रास्कोट नगरपालिका–१ स्थानीय रामबहादुर शाहीले बताए । उनले भने “देशमा फेरि द्वन्द्व हुन्छ कि भन्ने लागेको थियो”, “सरकार र चन्द समूहबीच भएको सहमतिले फेरि शान्तिको सास फेर्ने आश पलाएको छ ।”

चन्द समूहको प्रभावित जिल्ला भएका कारणले कालीकोटमा स्थानीय जनप्रतिनिधि, शिक्षक, कर्मचारीलगायत अन्य गैरसरकारी संस्थाका प्रतिनिधि गाउँमा जान पनि त्रसित हुने गरेका थिए । चन्द समूहका कार्यकर्ताले गाउँपालिकामा आगजानीलगायत कार्य गरेको कारणले स्थानीयवासी त्रसित बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कालीकोटका ओली समूहका अध्यक्ष नगेन्द्र शाहीले बताए ।

“कालीकोटका स्थानीयवासीमा ठूलो डरत्रास थियो”, उनले भने , “अब त्यसको अन्त्य भएको छ । नागरिकमा उत्साह थपिदिएको छ ।”कालीकोटमा विसं २०६४ को स्थानीय तहको निर्वाचनमा जिल्लाको नरहरिनाथ गाउँपालिका–६ माल्कोटमा चन्द समूहले निर्वाचन बिथोल्न खोज्दा राष्ट्रिय प्रजातन्त्र पार्टीका वडाध्यक्षका उम्मेदवार गोर्ख बटालाले ज्यान गुमाएका थिए ।

सरकार र चन्द समूहबीच भएको तीनबुँदे सहमति स्वागतयोग्य भएको बताउँदै चन्द समूहका जिल्ला सचिव मनिलाल ऐडीले अब खुला राजनीतिमा आउँदा सङ्गठन विस्तामा झन बढी उत्साहसाथ लाग्न प्रेरणा दिएको छ भने । “खुला राजनीतिमा आउन पाउँदा हर्षित तुल्याएको छ”, उनले भने , “सरकार र हामीबीच भएको तीनबुँदे सहमति ऐतिहासिक हो ।” ओली सरकारले आफ्नो कार्यकालमा दुईओटा काममा सफलता प्राप्त गरको छ । अराजक गतिविधि गर्ने सिके रावत र विप्लवलाई राजनिती धारमा  ल्याएर ।

 

प्रतिक्रिया दिनुहोस्