प्रभु बैंकले सुरु गर्यो तालबाराही मन्दिरमा क्यूआर कोड सेवा

काठमाडौँ , फागुन २१ । प्रभु बैंकले तालबाराही मन्दिरमा क्यूआर कोड सेवा सुरु गरेको छ । योसँगै बैकले तालबाराही मन्दिर गुठी ब्यवस्थापन समितिलाई संकलित भेटी तथा दक्षिणालाई डिजिटल प्रविधि मार्फत व्यवस्थापन गर्न क्यू आर कोड हस्तान्तरण गरेको छ ।

फेवातालको बिचमा रहेको बाराही मन्दिरमा भएको एक कार्यक्रमका बिच नेपाल राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती प्रसाद नेपालले क्यू आर कोड हस्तान्तरण गरेका हुन् ।

यो सुविधा संगै मन्दिरमा भक्तजनहरुले आफ्नो मोबाईल बैंकिङ्ग एप्लिकेसन मार्फत सजिलै दान गर्न सक्नेछन् । नगद कारोबारलाई विस्तारै विस्थापन गरी डिजिटल कारोवार र नगद रहित कारोवारलाई बढावा दिने उद्देश्यका साथ उक्त सेवाको सुरुवात गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्