पर्यटन विकास आयोजनाका सब इन्जिनियर ५० हजार घुस रकमसहित पक्राउ

काठमाडौँ , फागुन २० । पर्यटन विकास आयोजनाका एक जना सब इन्जिनियर घुस रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागमती प्रदेशको पर्यटन विकास आयोजनाका सब इन्जिनियरलाई ५० हजार घुस रकमसहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेकमा सव-इन्जिनियर नेत्र प्रसाद लामिछाने रहेका छन् । उनले सेवाग्राहीसँग निर्माण कार्य सम्पन्न पश्चात धरौटी रकम भुक्तानी दिनेक्रममा लिएको ५० हजार घुस रकम लिएको आधारमा कार्यालय परिसरबाट पक्राउ गरेको अख्तियारले जनाएको छ । उनीमाथि थप अनुसन्धा गरिरहेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्