भोलीदेखि काठमाडौँ मेयर कपः काठमाडौंको नेतृत्व सन्दीपले गर्ने

काठमाडौँ , फागुन २१ । सन्दीप लामिछानेले फागुन २२ गतेदेखि शुरु हुने काठमाडौँ मेयर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा काठमाडौँ मेयर-११ को कप्तानी गर्ने भएका छन् ।

पाकिस्तानी सुपर लिग (पिएसएल) खेल्न पाकिस्तान पुगेका सन्दीप पीएसएल लिग कोरोना संक्रमणका कारण स्थगित भएपछि नेपाल फर्केर मेयर कप खेल्ने भएका हुन् । सन्दीप शनिबार काठमाडौँ आउदै छन् ।

नेपाल क्रिकेट संघले सन्दीप काठमाडौँ मेयर-११ को कप्तानी सन्दीपले गर्ने जानकारी दिएको छ ।

काठमाडौँ मेयर(११ मा सिद्धान्त लोहनी, हरिशंकर शाह, विवेक यादव, व्पिं खत्री, अर्जुन कुमाल, कृष्ण कार्की, सौरभ खनाल, अनिल खरेल, विक्रम भुसाल, सन्दीप रजाली, अनुज चुनारा, विपिन रावल, रविन्द्र जंग साही, खड्ग बहादुर बोहोरा र नारायण जोशी रहेका छन् ।

काठमाडौँ मेयर कपमा काठमाडौँ मेयर-११ सहित बागमती प्रदेश, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपीएफ क्लबले सहभागिता जनाउदै छन् ।

शनिबारदेखि शुरु हुने प्रतियोगिता फागुन २९ गते शनिबार फाइनल खेलेर सकिने छ ।

प्रतिक्रिया दिनुहोस्