यस सिजनको आइपिएल भारतमै हुने

काठमाडौँ , फागुन २३ । यस बर्षको इण्डियन प्रिमियर लिग (आइपिएल) भारतमै हुने भएको छ ।आइपिएलले आज खेल तालिका सार्बजनिक गर्दै यस बर्षको आइपिएल ६ शहरमा आयोजना हुने जानकारी दिएको छ ।

अप्रिल ९ देखि शुरु हुने प्रतियोगिता अहमदावाद, मुम्बई, दिल्ली, बेंगलुरु, चेन्नई र कोलकोतामा आयोजना हुने आइपिएलले जनाएको छ ।

आइपिएलको फाइनल खेल मे ३० मा अहमदावादस्थित नरेन्द्र मोदी स्टेडियममा हुने भएको छ भने आइपिएलको उद्घाटन खेल मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच यसै मैदानमा हुने छ ।

लिगका ५६ खेलमा अहमदावाद र दिल्लीले ८-८ खेल आयोजना गर्दै छन् भने चेन्नई, बेंगलुरु, मुम्बई र कोलकोताले ६-६ खेल आयोजना गर्ने भएका छन् । यस सिजनमा कुनै पनि टिमले आफ्नो स्टेडियममा नखेल्ने आइपिएलले जानकारी दिएको छ ।

कोरोना मह्मारीलाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाको प्रोटोकल कडा बनाइएको भन्दै लिग चरणमा कुनै पनि टिम जम्मा तीन पटक मात्र ट्राभल गर्नुपर्ने व्यवस्था गरिएको आइपिएलले जनाएको छ ।

साथै शुरुका खेलहरु बिना दर्शक नै खेलिने र प्रतियोगिताका पछिका खेलहरुमा मात्र दर्शकलाई अनुमति दिने आइपिएलले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्