प्रचण्ड-नेपाल पक्षलाई प्रधानमन्त्रीको जवाफ: म कुन पार्टी को हो सर्वोच्च अदालतलाई सोध्नुस्

काठमाडौँ , फागुन २४ । प्रधानमन्त्री केपी शर्मा ओलीले म कुन पार्टीको हो भनेर सर्वोच्च अदालतलाई सोध्न प्रचण्ड-नेपाल पक्षलाई आग्रह गरेका छन् ।

१११औ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चेतावनी दिदै मैले उँहाहरुलाई सोध्नु नपरोस् तपाइँहरु कुन पार्टी हो भनेर ?  भन्ने चेतावनी दिएका छन् ।

उनले भने, म साधारण सदस्य पनि होइन नेकपाको, अदालतले भन्यो म कुन पार्टीको साधारण सदस्य हो, कुन पार्टीको अध्यक्ष हो भनेर ।

राजनीतिक विषयमा पनि झगडियाले जस्तो मुद्धा मामिला गरेर देशलाई चुनावमा जानबाट रोकेको भन्दै प्रधानमन्त्री ओलीले म कुन पार्टीको हो भनेर सर्वोच्च अदालतलाई सोध्न आग्रह गरेका छन् ।

संसदको पहिलो गासमै झिंगा परेको भन्दै पहिलो संसद्को बैठकमै जुलुस गरेकोप्रति असन्तुष्टि व्यक्त गरे ।

उनले भने, यदि बेला चुनावमा जान्थ्यो देश, मुद्धा हालेर देशलाई चुनावबाट रोकेर तमासा बनाए । एसिड आक्रमण विरुद्धको विधेयक पेश हुन् दिइएन भन्ने मात्र मेरो सरोकार हो ।

प्रधानमन्त्री ओलीले आफ्नो मर्यादा कायम गर्नुपर्ने भन्दै संसदको गरिमा कायम राख्नुपर्ने बताए । उनले यस्तै हुन्छ भनेर नै आफुले विघटन गरेर चुनावमा जनाए निर्णय गरेको टिप्पणी गरे लाई यस्तो हालत हुन्छ

प्रतिक्रिया दिनुहोस्