पेरिसडाँडामा सुरु भयो दाहाल-नेपाल समूहको स्थायी कमिटी बैठक

पेरिसडाँडामा सुरु भयो दाहाल(नेपाल समूहको स्थायी कमिटी बैठक

काठमाडौं , फागुन २४ । सर्वोच्च अदालतद्वारा आधिकारिकता खारेज गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक शुरु भएको छ ।

नेकपा नाम विवादको मुद्दामा सर्वोच्च अदालतले गरेको फैसलापछि उत्पन्न राजनीतिक अवस्थाबारे छलफल गर्न पार्टी कार्यालय पेरिसडाँडामा केहीबेर अघि बैठक शुरु भएको हो ।

सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा खारेज गरेपछि प्रचण्ड–माधव पक्षले आकस्मिक स्थायी कमिटी बैठक बोलाएको हो ।

स्थायी कमिटी बैठक अगाडि नेता नेपाल समूहको अलग्गै बैठक बसेको थियो । बैठकमा प्रचण्ड–नेपाल पक्षमा रहेका तत्कालीन एमालेबाट प्रतिनिधित्व गर्ने नेताहरु सहभागी भएका थिए ।दालतको निर्णयविरुद्ध पुनरावलोकनमा जाने कि एमाले र माओवादी केन्द्रतिर नै लाग्ने भन्ने यो स्थायी कमिटी बैठकले टुंगो लगाउने बताइएको छ ।

कट्टेल नेतृत्वको नेकपालाई आधिकारिकता दिने सर्वोच्च अदालतको फैसलासँगै सरकार र २०७५ जेठ ३ गते एकीकृत भएको नेकपाको अस्तित्व एकै पटक संकटमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्