थप ८९ जनामा कोरोना पुष्टि, ४२ जना निको भए , एकको मृत्यु

काठमाडौं । नेपालमा थप ८९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ८९ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ७४ हजार ८१० संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ८७२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ४२ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ७० हजार ९२७ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८।६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३९९ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २१ लाख ९७ हजार २३५ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५५ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ८७२ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट थप एक जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३०११ पुगेको छ । यसरी नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत १।०१ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्