एसईई परीक्षा जेठ १३ देखि हुने

काठमाडौँ, फागुन २५ । २०७७ सालको एसईई परीक्षा जेठ १३ देखि हुने भएको छ । माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ आगामी जेठ १३ गतेदेखि संचालन हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । परिक्षा जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने छ ।। एसईई राष्ट्रिय परीक्षा बोर्डले नै लिने छ ।

गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।

‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा ‘कक्षा १०’ को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’ मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

 

प्रतिक्रिया दिनुहोस्