कोमल वलीद्वारा रघुजी पन्तविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर, यसो भनेका थिए पन्तले

काठमाडौँ , फागुन २५ । राष्ट्रिय सभाकी सांसद कोमल वलीले एमाले नेता रघुजी पन्तविरुद्ध मुद्दा दायर गरेकी छन् ।

पन्तले आफूविरुद्ध सार्वजिनकस्थलमा अश्लिल शब्द प्रयोग गरी चरित्रमाथि नै प्रश्न उठाएको आरोप लगाउँदै उनले मुद्दा दायर गरेको बताएकी छन् । उनले अमंगलबार बिहान बबरमहलस्थित काठमाडौं जिल्ला अदालतमा पन्तविरुद्धको मुद्दा दायर गरेकी हुन् ।ओलीले रघु पन्तले महिलाको प्रतिष्ठामा आँच आउने गरि बोलेकाले गाली बेइज्जतीको मुद्दा दायर गरेको बताएकी छन् ।

अघिल्लो शनिबार राजधानीमा आयोजित नेकपाको एउटा कार्यक्रममा नेता पन्तले साडी माथि उचाल्दै गोरा पिँडुला देखाएर पोइल जान पाम भन्ने गीत गाएको भरमा प्रधानमन्त्री केपी ओलीले राष्ट्रिय सभाको सांसद बनाएको आरोप लगाएको भन्दै वलीले पन्तको धारणाबाट आफ्नो चरित्रमाथि नै प्रश्न उठाइएको बताउँदै आएकी छन् ।

यसो भनेका थिए पन्तले ! 

नेता पन्तले २०औं वर्ष ज्यानै दिएर पार्टीमा लागेका महिलाहरुले टिकट नपाएको तर केपी ओलीले कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाउँदै ‘पोइल जान पाँउ’ भनेपछि सांसद बनाएको र केन्द्रीय सदस्य बनाएको बताएका थिए ।

उनले भनेका थिए, अहिले महिलाहरु पनि केपीतिर पनि लागेका छन् । २० औं वर्ष ज्यानै दिएर यो पार्टीमा लागेका महिलाहरु पनि छन् । तर, तिनले टिकट पनि पाएनन् । तिनले राष्ट्रियसभा पनि पाएनन् ।

केपी ओलीले कोमल वलीले यसो सारी सरक्क सर्काएर गोरा पिंडुला देखाउँदै ‘पोइल जान पाँउ’ भनेपछि सांसद त तिनैले पाइन् । कपाल फुलेर चाउरी परेका बुढी कमरेडहरु न राष्ट्रियसभाको सदस्य हुन पाएका छन् न केन्द्रीय कमिटी सदस्य हुन पाएका छन् । उनी राष्ट्रिय सभाको सदस्य पनि भइन् केन्द्रीय कमिटी सदस्य भइन् ।’

पन्तको उक्त अभिव्यत्तिलाई लिएर निकै चर्का आलोचना भएको थियो । अज भनौ सामाजिक सञ्जालमा त झै विरोध गरेको हामी देख्न सक्थ्यौ ।

प्रतिक्रिया दिनुहोस्