सम्पति शुद्धिकरण निवारण तालिम सम्पन्न

काठमाडौं, २५ फागुन । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले सातै प्रदेशमा सम्पति शुद्धिकरण तथा आतंककारी क्रियाकलापमा वित्तिय लगानी निवारण सम्बन्धी तालिम प्रदान गर्दै आइरहेको छ ।

यसै सिलसिलामा मिति सोमबार इटहरीमा सो सम्बन्धि तालिम सम्पन्न गरेको छ । इटहरीको होटल गोर्खामा सम्पन्न उक्त तालिम कार्यक्रममा प्रदेश १ अन्तर्गतका ११ जना प्रमुखको सहभागिता रहेको थियो । अपराधिक क्रियाकलाप र गैरकानुनी काम गरी आर्जन गरेको रकम बैँक र बीमाको माध्यमले शुद्धिकरण गर्ने गरिने कार्यलाई निरूत्साहित र निवारण गर्न कर्मचारीहरूलाई यस सम्बन्धि कानुनी व्यवस्था, शुद्धिकरणका प्रयास, रिपोर्टिङको तरिका र निवारणका प्रकृया बारेमा प्रकबाश पार्न कम्पनीले तालिम प्रदान गरेको हो ।

कम्पनीका बरिष्ट सहायक महाप्रबन्धक सपना खरेलले सम्पति शुद्धिकरण सबन्धी उक्त तालिम प्रदान गर्नु भएको थियो भने तालिम कार्यक्रमको दोस्रो चरणमा कार्यालय प्रमुखहरूलाई नायव प्रमुख कार्यकारी अधिकृत श्री कमल पन्थीले बीमाका प्रोडक्टहरू बारेमा र मार्केटिङ्ग प्रमुख प्रशान्तराज धमलाले बजार व्यवस्थापनका तरिकाहरू बारेमा तालिम प्रदान गर्नुभएको थियो । आउने चैत्र महिनामा नेपालगंज र पोखरामा यस सम्बन्धी तालिम प्रदान गर्ने कार्यक्रम रहेको जानकारी गराउन चाहन्छौ ।

प्रतिक्रिया दिनुहोस्