यमनको आप्रवासी शिविरमा भिषण आगलागी, ६० जनाको मृत्यु

काठमाडौं , फागुन २५ । यमनको राजधानी सहरस्थित एक आप्रवासी शिविरमा आइतवार भएको आगलागीमा परी मृत्यु हुनेको संख्या ६० पुगेको छ ।

हिजो भन्दा आज मर्नेको संख्या बढेको हो । यो आगलागीमा परेर ज्यान जाने व्यक्तिको संख्या आजसम्म ६० पुगेको त्यहाँका एकजना सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

उनले यस आगगालीमा परेर कम्तीमा पनि ६० जना आप्रवासीको ज्यान गएको मंगलवार बिहान मात्रै जनाकारी गराएका हुन् ।

आगलागीमा उक्त शिविरका कर्मचारी पनि परेको बताइएको छ । ज्यान गुमाउनेमा अफ्रिकी नागरिक पनि परेका छन् ।

आगलागीमा परेर एक सय जना भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ । केही घाइतेहरुको अवस्था गम्भीर रहेको छ । – फाइल तस्बिर 

 

प्रतिक्रिया दिनुहोस्