माओवादी केन्द्रले बोलायो केन्द्रीय कमिटी बैठक , अरु के के भयो निर्णय ?

काठमाडौं , फागुन २५ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) केन्द्रले यही फागुन २९ गते केन्द्रीय कमिटी बैठक बोलाउने भएको छ ।

आज पार्टी केन्द्रीय कार्यालय कोटेश्वर, पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठकले बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।

त्यस्तै, आउँदो चैत १ गते कार्यकर्ता भेला गरिने पनि उनले जानकारी गराए । यस्तै नेकपा माओवादी केन्द्रले सरकार गठनबारे नेपाली कांग्रेस र जनता समावादी पार्टीसँग वार्ता गर्ने भएको छ । स्थायी कमिटी बैठक भोलि पनि बस्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्