थप ५९ जनामा कोरोना संक्रमण पुष्टि , ६० जना निको भए , १ जनाको मृत्यु

काठमाडौं, फागुन २५ । पछिल्लो २४ घण्टामा नेपालमा थप ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै कुल संक्रमितको संख्या २ लाख ७४ हजार ८६९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७१५ जनाको पिसिआर परीक्षण गर्दा ५९ जनामा कोरोना पुष्टि भएको हो। यसैबीच पछिल्लो २४ घण्टामा ६० जना संक्रमणमुक्त भएका छन् ।यो सँगै नेपालमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ७० हजार ९८७ छ ।

हाल नेपालमा ८७० जना सक्रिय संक्रमित छन् । यस्तै पछिल्लो २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने कोरोना संक्रमितको संख्या ३ हजार १२ पुगेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्