कांग्रेसका नेता जोशी पुनः भेन्टिलेटरमा, पछिल्लो स्वास्थ्य अवस्था यस्तो छ

काठमाडौं, फागुन २५ । मस्तिष्काघात भएर नर्भिक अस्पतालमा उपचार गराइरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीलाई शनिबारदेखि पुनः भेन्टिलेटरमा राखिएको छ ।

जोशीको उपचारमा संलग्न डा। राजीव झाका अनुसार भेन्टिलेटरबाट निकालेको २४ घण्टा पछि पुनः शनिवार बिहान एक्कासि समस्या भएपछि फेरि भेन्टिलेटरमा राखिएको हो ।

यसअघि श्‍वासप्रश्‍वास सामान्य बन्दै गएपछि भेन्टिलेटर हटाइएको थियो । डा. झाले जोशीको पछिल्लो स्वास्थ्य अवस्था भने सामान्य नै रहेको बताएका छन् ।

अहिलेसम्म उनको होस भने आएको छैन । उनलाई यही फागुन १४ गते राति मस्तिष्काघात भएपछि सुरुमा वीर अस्पताल र पछि नर्भिक अस्पताल पुर्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्