घट्यो सुनको मूल्य, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौँ, फागुन २८ । नेपाली बजारमा आज सुनको ओरोलो लागेको छ । आज प्रतितोला ६०० रुपैयाँले घटेर ८६ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

हिजो बिहीबार सुन तोलामा ८६ हजार ८०० रुपैयाँ कायम भएको थियो । सोही परिमाणको तेजावी सुनलाई आज ८५ हजार ७५० रुपैयाँ पर्नेछ ।

यता, चाँदीको मूल्य पनि घटेको छ । हिजो एक हजार २८५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । पछिल्लो समय सुनुको मृल्यमा गिरावट आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्