जसपासँग छलफलअघि कांग्रेसले बोलायो पदाधिकारी बैठक

काठमाडौं, फागुन २८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ । कांग्रेसले जनता समाजवादी पार्टी (जसपा) नेताहरुसँग छलफल गर्नुअघि बैठक बेलाएको हो । बैठक ३ बजे सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्डमा बस्ने भएको छ ।

‘यस्तै ४ बजे जसपासँग छलफल हुने कार्यक्रम तय भएको छ । पदाधिकारी बैठकमा समसामयिक राजनीतिक विषय र नयाँ सत्ता समीकरणमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने बताएको छ ।
जसपाले बिहीबार नयाँ सत्ता समीकरणका लागि एमाले, कांग्रेस र माओवादी तीनै प्रमुख दलहरुसँग शीर्ष नेताहरुले छलफल गर्ने निर्णय गरेको थियो। यसअघि बिहीबार नै जसपाले प्रधानमन्त्रीसहित एमाले नेताहरुसँग छलफल गरको थियो ।

प्रतिक्रिया दिनुहोस्