नेपालमा पहिलो पटक साढे २ किलो युरोनियमसहित ४ जना पक्राउ

काठमाडौँ, फागुन २८ । साढे २ किलो युरोनियमसहित ४ जना पक्राउ परेका छन् । नेपालमा पहिलो पटक यसरी साढे २ किलो युरोनियमसहित ४ जना पक्राउ परेका हुन् ।

उनीहरुलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले आज पत्रकार सम्मेलन गरि पक्राउ गरेको जनाकारी दिएको हो ।

समातिएका ४ जनालाई काठमाडौँको बौद्धक्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीले परिक्षणबाट बरामद भएको युरोनियम भएको पुष्टि भएको बताएको छ । बरामद भएको युरोनियमको मूल्य अर्बौंमा भएको बताईन्छ ।

पक्राउ परेका माथि थप अनुसन्धान अगाडि बढाएको पनि प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्