भारत र इंग्ल्यान्डबीचको दोस्रो टी–ट्वान्टी खेल आज हुने

काठमाडौं , चैत १ । भारत र इंग्ल्यान्डबीचको दोस्रो टी–ट्वान्टी खेल आज हुँदैछ । खेल नरेन्द्र मोदी क्रिकेट स्टेडियममा हुने छ । दुई टोलीबीचको खेल नेपाली समयानुसार साँझ ७ः१५ बाट सुरु हुनेछ ।

पाँच खेलको शृंखलाअन्तर्गत पहिलो खेलमा इंग्ल्यान्डले सहज जित निकालेको थियो । आजको खेल पनि जित्दै इंग्ल्यान्ड शृंखलामा अग्रता दोब्बर बनाउने योजनामा हुनेछ । घरेलु टिम भारत पनि आजको खेलमा जित निकाल्दै शृंखलामा बराबरीको स्थितिमा पुग्न चाहन्छ ।

पहिलो खेलमा भारतको ब्याटिङ नचल्दा लज्जास्पद हार व्यहोर्नुपरेको थियो । टस जितेर पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ७ विकेट गुमाएर मात्र १२४ रन बनाएको थियो । इंग्ल्यान्डले १५ ओभर ३ बलमा २ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्