संसद् विघटनको परिस्थिति अब पुष्टि हुँदैछः प्रधानमन्त्री ओली

काठमाडौँ , चैत ३ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटनको परिस्थिति अब पुष्टि हुने बताएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटार आज आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हु्न् ।

आफूले प्रतिनिधि सभा विघटन गर्नु परेको परिस्थिति पुष्टि हुने क्रममा रहेको उनले जानकारी दिए ।
उनले संसद् पुनःस्थापना भए पनि बैठक चल्न नसकेको औंल्याएका छन् ।

प्रधानमन्त्री ओलीले सभामुख अग्निप्रसाद सापकोटा संविधान कार्यान्वयनमा प्रतिबद्ध नदेखिएको आरोप पनि लगाएका छन् ।

पछिल्लो समय संसद् पुनःस्थापना भएर बैठक बसेपनि चल्न भने सकेन् । अन्य पार्टीका नेताहरुले विभिन्न मागहरुको खारेजि गर्दै संसभित्रै नाराबाजि लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्