प्रधानमन्त्री ओलीले बोलाए एमाले संसदीय दलको बैठक, माधव पक्ष भने नजाने

काठमाडौं , चैत ४ । प्रधानमन्त्री केपी ओलीले नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । ओलीले बिहीबार बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन् ।

बैठकमा सूर्य चुनाव चिह्नबाट चुनाव जितेका सबैलाई आमन्त्रण गरिएको बताइएको छ। यता ,संसदीय दलको बैठकमा माधव पक्षले भने नजाने बताएको छ ।

सर्वोच्च अदालतले नेकपामा आवद्ध एमाले र माओवादी केन्द्रलाई पहिल्यैको अवस्थामा फर्काइदिएपछि दुवैपक्ष पुरानै अवस्थामा फर्केका छन् ।यसैबीच प्रचण्डमा समुहमा गएका माधव नेपाल समूहका एमालेका नेताहरु र ओली पक्षबीच असमझदारी बढ्दै गएको छ।

माधव कुमार नेपाल र झलनाथ खनाल पक्ष र पार्टी अध्यक्ष केपी ओली दुई समूहमा देखिएका छन्। नेकपा एमाले वरिष्ठ नेता र खनाल समूहले ओलीको चरम गुटबन्दीका कारण पार्टी समस्याग्रस्त बनेको आरोप लगाउँदै आएका छन्।

ओलीले गत फागुन २८ गते एकलौटी बैठक बसेर गरेको निर्णयको विरोधमा एमालेको झलनाथ माधव पक्षले बुधबारबाट राष्ट्रिय कार्यकर्ता भेला सुरु गरेको छ । उक्त भेलालाई ओली पक्षले गुटको भेला भनेको छ । तर नेपाल खनाल पक्षले पार्टीको आधिकारिक भेला भनेर दावी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्