एन्फा प्रेसिडेन्ट लिग फुटबलमा सुदूरपश्चिमको लगातार दोस्रो जित

काठमाडौं, चैत ५ । एन्फा प्रेसिडेन्ट लिग फुटबल प्रतियोगिताको बुधबारको खेलमा सुदूरपश्चिम स्टारसिटी युवा क्लब ९कैलाली०ले दोस्रो जित निकालेको छ ।

अखिल नेपाल फुटबल संघ९एन्फा०को आयोजनामा बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा सुदूरपश्चिमले प्रदेश नम्बर १ को लिंग च्याम्पिएन सैनिक फुटबल क्लब झापालाई २–१ को गोल अन्तरले पराजित गरेको हो ।

खेलमा म्यान अफ द म्याच सैनिकका गोलकिपर एवं कप्तान किशोर गिरी घोषित भए । सुदुरपश्चिमको स्टार सिटीले दुई खेल जित्दै ६ अंक जोडन सफल भएको छ । स्टारले पहिलो खेलमा प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३–० ले हराएको थियो ।

आगामी चैत १५ गतेसम्म सञ्चालन हुने लिगमा ७ प्रदेशका टिमले प्रतिस्पर्धा गरिरहेका छन् । पे्रसिडेन्ट लिगको शीर्ष चार टोलीले एन्फाले आयोजना गर्ने राष्ट्रिय लिग खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्