अबकोे बैठकमा पनि नआउने सांसदलाई कारवाही गर्ने ओली समूहको निर्णय

काठमाडौं , चैत ५ । अब बस्ने बैठकमा नआउने सांसदलाई कारवाही गर्ने ओली समुले जनाएको छ । नेकपा एमाले संसदीय दलको शुक्रबार बोलाइएको बैठकमा नआउने सांसदलाई कारवाहीको प्रक्रिया अघि बढाइने भएको हो । त्यसका लागि दलको विधान संशोधन गरेर केन्द्रीय कमिटीमा प्रस्ताव लगिनेछ ।

सांसद कृष्ण राईका अनुसार शुक्रबार बिहान साढे १० बजे बोलाइएको बैठकमा पनि उपस्थित नभए विधान बमोजिम अघि बढ्ने तयारी भएको छ । त्यसलगत्तै केन्द्रीय कमिटीको बैठक पनि बोलाउने तयारी छ । यता निर्वाचन आयोगले दिएको समय अझै केही दिन रहेकाले अहिले नै कारवाही प्रक्रिया अघि नबढाइएको एक सांसदले जानकारी दिए ।

आज बसेको नेकपा (एमाले) संसदीय दलको बैठकले गुटगत भेला नगर्न पनि आह्वान गरेको छ । साथै अन्य समूहमा लागेकाहरुलाई पनि फर्किएर आत्मआलोचना गर्न यो समुहले भनेको छ । यति बेला माधव नेपाल र झलनाथ खनालको छुटै समुह बनेको छ ।

हिजो मात्रै यो समुहले भेलाको आयोजान गरेको थियो । यो भेलालाई प्रधानमन्त्री ओलीले भने गुटगत भेला भनेका छन् उनले यस्ता गुटगत भेल नगर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्