प्रधानमन्त्री ओली भन्छन्- माओवादी केन्द्रसँग सहकार्यको सम्भावना छैन

काठमाडौं, ५ चैत । नेकपा एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा ९माओवादी केन्द्र० सँग सहकार्यको सम्भावना नरहेको बताएका छन् ।

बालुवाटारमा आज बसेको नेकपा एमाले संसदीय दलको वैठकमा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले माओवादी केन्द्रसँग मिल्ने परिस्थिति अहिले तत्काल नरहेको पनि स्पष्ट पारे ।

अदालतको फैसलापछि निर्वाचन आयोगले दुई पार्टी मिलेर एकीकृत नाम प्रस्ताव गर्न दिएको १५ दिएको समय सकिन चार दिन बाँकी छ ।,मिल्न चाहेमा अदालतले दिएको समय अझै छ । तर ओलीले भने मिल्ने सकिने परिस्थिति नभएको बताएका छन् ।

यता सर्वोच्चको फैसलापछि निर्वाचन आयोगले पनि एमाले–माओवादी एकतापछि बनेको नेकपालाई खारेज गरेर १५ दिनभित्र एकीकृत नाम ल्याउन समय दिएको छ ।

दुई अध्यक्षले मिल्न चाहेमा सहमति गर्दा मिल्न सकिने भए पनि त्यस्तो सम्भावना नरहेको ओलीले बताएको एक जना सांसदले जानकारी दिएका छन् ।

चार दिनमा दुबै अध्यक्ष चुप रहे भने पार्टी पुनः एक हुने सम्भावना औपचारिक रुपमा अन्त्य हुनेछ ।

प्रतिक्रिया दिनुहोस्