इङल्याण्डविरुद्ध हुने एकदिवसीय सिरिजका लागि भारतीय खेलाडीको घोषणा

काठमाडौँ , चैत ६ । इङल्याण्डविरुद्ध हुने एकदिवसीय सिरिजका लागि भारतीय खेलाडीको घोषणा गरिएको छ । शुक्रबार भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले १८ सदस्यीय खेलाडीको घोषणा गरेको हो ।

जसमा एकदिवसीय सिरिजका लागि भारतीय टिम स् विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, शुभमन गील, श्रेयस अय्यर, सूर्यकुमार यादव, हार्दिक पाण्डेय, ऋषव पन्त (विकेट किपर), केएल राहुल, युजवेन्द्र चहल, कुलदीप यादव, क्रुनाल पाण्डेय, वाशिंटन सुन्दर, टी, नटराजन, भुवनेश्वर कुमार, मोहमद सिराज, प्रसिध कृष्ण र श्रदुल ठाकुर छन् ।

भारतले इङल्याण्डविरुद्ध तीन खेलको एकदिवसीय सिरिज खेल्दै छ । यसका लागी आज टोलीको घोषणा गरिएको हो । सिरिजको पहिलो खेल मार्च २३ मा हुने छ ।

 

प्रतिक्रिया दिनुहोस्