महिलालाई जिउँदै पुर्ने एक्स्काभेटर चालक पक्राउ

काठमाडौं, चैत्र ६ । महिलालाई जिउँदै पुर्ने एक एक्स्काभेटर चालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भीमबहादुर बुढाथोकी रहेका छन् । उनलाई प्रहरीले कञ्चनपुरबाट पक्राउ गरेको हो ।

धादिङमा एक्स्काभेटरको ठक्करबाट घाइते ४५ वर्षीया सरस्वती कुमाललाई  उनले जिउँदै पुरेका थिए ।

चालक बुढाथोकीले धादिङको त्रिपुरासुन्दरी- १ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा घाँस बोकेर घरतर्फ फर्किरहेकी कुमाललाई १८ फागुनमा ठक्कर दिएको थियो । घाइते कुमालको उद्धार गर्नुको साटो माटो खनेर पुरिदिएका थिए ।

काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ जाँदै गरेको बसका यात्रुले मान्छे पुरेको देखेपछि हल्ला गरेका थिए । यात्रु चिच्याएपछि चालक बुढाथोकी फरार भएका थिए ।

पछि मृतक महिलाको शव बाटो बनाउन खटिएका मजदूरे निकालेका थिए । पक्राउ परेका चालकलाई हदैसम्मको कारवाहीको माग गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्