सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ आज कारोबार ?

काठमाडौं , चैत ८ । साताको पहिलो दिन आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेर ८७ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको छ ।

गत साताको शुक्रबार छापावाला सुनको मूल्य ८६ हजार सात सय रुपैयाँ थियो। तेजाबी सुनको मूल्यमा पनि तोलामा पाँच सय रुपैयाँले बढेर ८६ हजार सात सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।पछिल्लो समय सुनको मुल्यमा घटबढ भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्