ललितपुर मेयर वूमन च्याम्पियन्सिप टी- २० क्रिकेट प्रतियोगिताको घोषणा

काठमाडौँ , चैत ८ । ललितपुर मेयर वूमन च्याम्पियन्सिप टी-२० क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार चैत्र २१ गतेदेखि २८ गतेसम्म त्रिविस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने यस प्रतियोगितमा पिएम कप वुमन्स नेशनल क्रिकेट प्रतियोगिताका चार सेमिफाइनालिष्ट टिम प्रदेश १, एपीएफ, सुदूरपश्चिम प्रदेश टिम र लुम्बिनी प्रदेश टिम र मेयर-११ टिम गरि पाँच टिमले भाग लिने छन् ।

प्रतियोगिताको विजेतातिम्लाई ३ लाख, उपविजेतालाई डेढ लाख पुरस्कार रकम दिइने क्यानले जानकारी दिएको छ ।

त्यस्तै प्लेयर अफ द सिरिजले २५ हजार, बेस्ट बलरले १५ हजार र बेस्ट ब्याटरले १५ हजार पुरस्कार पाउने भएका छन् । त्यस्तै हरेक खेलका प्लेयर अफ द म्याचलाई तीन हजार दिइने क्यानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्