कांग्रेस पदाधिकारी बैठक बस्दै, नयाँ सरकार गठनबारे छलफल हुने

काठमाडौँ , चैत ९ । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठक बस्दैछ । बैठक अहिले केहिबेरमा बस्ने तयारी भएको छ । सभापति शेरबहादुर देउवाले बोलाएको बैठक अहिले २ बजेपछि पार्टी कार्यालय सानेपामा बस्ने भएको हो ।

पछिल्लो विकसित राजनीतिक घटनाक्रम र नयाँ सरकार गठन गर्ने विषयमा छलफल गर्न देउवाले बैठक बोलाएका हुन् ।अरु पार्टी र कांग्रेसभित्रैबाट एमाले अध्यक्ष केपीको विकल्पमा नयाँ सरकार गठनको नेतृत्व लिन देउवामाथि दबाब परिरहेका बेला बैठक बस्न लागेको हो ।

माओवादी केन्द्रले पटक–पटक सरकारको नेतृत्व लिन देउवालाई भनिरहेको छ । तर यता देवाले परिस्थिति अझै परिपक्क भइनसकेको बताउँदै आएका छन् ।

त्यस्तै कांग्रेसभित्रको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर पनि कांग्रेसले नयाँ सरकारको नेतृत्व लिनुपर्ने बताइरहेको छ। इसमा सभापति देउवा भने मौन देखिएका छन् । यस विषयमा थप छलफल गर्न बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्