बाघको छालासहित ४ जना पक्राउ, यसरी समातिए

काठमाडौं, चैत ९ । पाटेबाघको छालासहित ४ जनालाई बांके प्रहरीले पक्राउ गरेको छ । जिल्लाको बैजनाथ गाउंपालिका–१ च्यामास्थित सुर्खेत–कोहलपुर सडकखण्डबाट संरक्षित पाटेबाघको छालासहित उनिहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

अवैध पाटेबाघको छाला, हड्डीको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरी टोलीले चेकजाँच गर्दा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा गंगा बहादुर खत्री, प्रकाश खत्री, चन्द्र अधिकारी र जयलाल नेपाली रहेका छन् । उनीहरुको साथबाट बाघका छालासहितका सामाग्री बरामद गरिएको हो ।

उनिहरुको साथबाट पाटेबाघको छाला एक थान र २ केजी ५ सय ग्राम बाघको हड्डी बरामद गरिएको छ । पक्राउ परेका जयलाल नेपालीले बोकेको झोलामा छाला एक थान र गंगा बहादुर खत्रीले हातमा समातेको प्लाष्टिकको बोराभित्र हड्डी फेला फेला परेको बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी दिए । उनका अनुसार पक्राउ परेका चारै जनालाई थप अनुसन्धान प्रक्रिया अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्