सर्वोच्चको आदेशविरुद्ध माओवादी केन्द्र पुनरावलोकनमा जाने

काठमाडौं, चैत १० । नेकपा (माओवादी केन्द्र)ले साविक नेकपा विभाजन गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनमा जाने निष्कर्ष निकालेको छ ।

मंगलबार बिहान सिंहदरबारमा बसेको पार्टी स्थायी कमिटी बैठकले यस्तो निष्कर्ष निकालेको हो । सर्वोच्चको फैसलाको पुनरावलोकनमा जाने निष्कर्ष निकालिएको सचेतक देव गुरुङले जानकारी दिए ।

शम्भु थापा, चण्डेश्वर श्रेष्ठ, रामनारायण बिडारी र मुक्ति प्रधानलगायतका कानुन व्यवसायीहरूसँगको परामर्शपछि माओवादी केन्द्रले पुनरावलोकनमा जाने निष्कर्ष निकालेको हो ।

अदालतले फैसला गरेको ६० दिनभित्र पुनरावलोकन जान सकिने कानुनी प्रावधान छ । सर्वोच्च अदालतले गत फागुन २३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई व्यूँताउने फैसला गरेको थियो ।

यता बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न चाहिरहेकाले त्यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा समेत कानून व्यवसायीहरुसँग छलफल भएको गुरुङले बताए ।

 

प्रतिक्रिया दिनुहोस्