लकडाउन घोषणा गरेको आज १ वर्ष पूरा, सझिनुस् त ति दिनहरु , फेरि हुने सम्भावना कति ?

पार्वती पाठक, काठमाडौं, चैत १० । चीनको वुहानबाट सुरु भएको थियो कोरोना भाइरस , यसरी त्यहाँबाट सुरु भएको भाइरस विश्वभर नै फैलियो , फैलदै जाँदा यसको प्रभाव नेपालमा पनि पर्न गयो ।  भाइरसको स्थिति भयाभव बनेपछि त्यसपछि नेपालमा लकडाउनको घोषणा गरियो, जुन आज १ वर्ष पूरा भएको छ ।

हो आजकै दिन गत वर्षको चैत ११ गतेदेखि लागू हुने गरी सरकारले चैत १० गते लकडाउन घोषणा गरेको थियो। विदेशबाट नेपाल आएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएपछि सरकारले गत वर्ष चैत ११ गते लकडाउन घोषणा गरेको थियो ।

यसरी एकाएक विश्वलाई नै आक्रान्त पार्ने भाइरस जताततै फैलीएपछि विभिन्न देशले लकडाउन गरेका थिए । नेपाल सरकारले पनि यहि गर्यो । जुन जनताका लागि भने निकै कठिनको समय रहेको थियो । चहलपहल, ब्यस्त शहर एकाएक लकडाउनले सुनसान नै बने , सबै घरमै बस्न बाध्य भए , स्कुल , कलेज, हल ,सभासम्मेलन सबै ठप्प रहे । कोरोनाका कारण धेरैको रोजगारी पनि खोसियो , कतिपय रोजगारीका लागि गएकाहरु विदेशमै अलपत्र परे ।

यसरी कोरोनाले पिरोलेको आज एक वर्ष पुरा भएको छ । अहिले विभिन्न देशले कोरोनाविरुद्धको खोप अभियान चलाई रहेका छन् तर पनि यसको न्युनिकरण भने भएको छैन । विश्वका विभन्न्न देशमा अझै पनि संक्रमित भेटिरहेका छन् भने कतिपय देशमा नयँँ प्रकारको भाइरस भेटिएको छ । ११ गतेदेखि लागू भएको लकडाउनको १ वर्ष पुग्नै लाग्दा नेपालमा पुनः लकडाउन हुने हल्ला बजारमा आएको छ। यता छिमेकी देश भारतमा दिनानुदिन कोरोनाका संक्रमित ह्वात्तै बढेका छन् ।

पछिल्लो समय विभिन्न देशमा कोरोना संक्रमण बढेपछि फेरि लकडाउन गर्न थालीएको छ ।भारतका केहि राज्यमा लकडाउ गर्न थालाएको छ । यता नेपाल भारत सिमानाका खुल्ला भएका कारण पनि फेरि नेपालमा लकडाउन हुन्छ कि भन्ने चिन्ता आमजनमासमा रहेको छ ।

भारतबाट आएकाहरुमा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु गाउँमा आएर घुम्ने भएकाले पनि कोरोनाको ग्राफ पुनः उकालो लाग्ने चिन्ता विज्ञ तथा आमजसनमासहरुले गरिरहेका छन् । यसैले भारतबाट नेपाल आउनेहरुको स्वास्थ्यबारे सरकारले विशेष ख्याल गर्नुपर्नेमा स्वास्थ्यकर्मीहरुले सुझाव दिएका छन् ।

यता भारतबाट नेपाल आउनेहरु संक्रमित भएर आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैलाई सचेत हुन आग्रह गरेको छ। पुनः कोरोना फैलिन सक्ने भन्दै सबैलाई स्वास्थ्यको न्यूनतम मापदण्डको प्रयोग गर्न अनुरोध गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्