कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक , के छ एजेण्डा ?

काठमाडौं , चैत ११ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक बोलाएको छ । बैठक २० गते पार्टी कार्यालयमा बस्ने गरि बोलाएको छ ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र महाधिवेशनको विषयमा छलफलका हुने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पछिल्लो समय नेपाली कांग्रेसमा सरकारमा जानुपर्ने र जान नहुने गरी दुई पक्ष हावी भएको छ । सभापति शेरबहादुर देउवाले कांग्रेस विपक्षी भएकाले सरकारमा जान नहुने भन्दै आइरहेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल भने जसरी भए पनि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्ने पक्षमा छन् ।

तर केहिदिन अघिमात्रै सभापति देउवाले अहिले नै कांग्रेस सरकारमा जाने सोच नभएको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्