बलिवुड अभिनेता आमिर खानलाई कोरोना सङ्क्रमण

काठमाडौँ , चैत ११ । बलिवुडका प्रख्यात अभिनेता आमिर खानलाई कोरोना सङ्क्रमण भएको छ ।

बलिवुडका प्रख्यात कलाकार कार्तिक आर्यन, रणबीर कपूर, मनोज बाजपेयी पछि अहिले आमिर खान पनि कोरोना संक्रमित भएको पुष्टि भएको हो ।

कोरोना संक्रमणपछि उनी क्वारेन्टिनमा बसेका उनका प्रवक्ताले बताएका छन् ।

उनले भनेका छन्, “आमिर खानलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनी होम क्वारेन्टिनमा बसी प्रोटोकल फलो गरिरहेका छन् ।”

 

 

प्रतिक्रिया दिनुहोस्