प्रधानमन्त्री ओलीले पनि बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौँ , चैत १२ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् ।

शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

यसअघि बालुवाटारमा आयोजित संसदीय दलको बैठक बसेको थियो । उक्त बैठकलाई माधवकुमार नेपाल समूहले भने बहिस्कार गरेको थियो ।

यता , नेपाल समूहले पनि शुक्रबारै केन्द्रीय कमिटी बैठक बोलाएको छ । बिहान ११ बजे नयाँ बानेश्वरमा बैठक बस्ने गरि बैठक डाकिएको छ ।

प्रतिक्रिया दिनुहोस्