आजको मौसमः मेघगर्जनसहित वर्षाको सम्भावना , कुन ठाउँमा कस्तो ?

काठमाडौँ, चैत १५ । स्थानीय र पश्चिमी वायुको प्रभावले आज पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

हाल देशका पहाडी भू(भागमा आंशिक बदलीको अवस्था छ भने अन्य भू(भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज अपराह्नपछि देशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जनरचट्टयाङसहित फाट्टफुट्ट वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार र मंगलबार पनि पहाडी भेगमा वर्षाको पूर्वानुमान गरिएको महाशाखाले बिहान जारी गरेको तीन दिनको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्